Saturday, 17 September 2016

केपी ओलीले केक काट्दा ताज होटलमा ६ लाख ऋण, प्रचण्डको भारत भ्रमण खर्च १ करोड १० लाख

नयाँदिल्ली । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको ताज होटलमा केक काटेर बर्थ डे (जन्मदिन) मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलेको छ ।

भारतको राजकीय भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ६५औँ जन्म दिनको अवसरमा नयाँदिल्लीस्थित होटल ताजमा केक काटदै ओलीको भारत भ्रमणका बेला लागेको सो ऋण बेलैमा ऋण नतिर्दा होटलले प्रचण्डको भ्रमण टोलीका सदस्यलाई बास नदिने चेतावनी दियो । तर, नेपाली दूतावासले प्रचण्डको दिल्ली आउनुभन्दा एकसाता पहिले मात्र ओली सरकारले लगाएको ऋण तिरेको छ ।

ओलीको भ्रमणका बेलामा ताज होटलको भोजका लागि १६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, दूतावासका एक अधिकारीले भने, ‘तर, उहाँको बर्थडे केक काट्ने भएपछि पाहुनाहरु थपिए र थप ५ लाख ६० हजार खर्च भयो ।’

त्यसबेला केक काट्दा थपिएको ऋण तिर्ने बजेट अभावका कारण ६ महिनासम्म पैसा तिर्न नसकिएको ती अधिकारीले बताए । उनले भने, ‘६ महिना नबित्दै फेरि अर्का प्रधानमन्त्रीको स्टेट भिजिट हुने भएपछि हामीले होटल बुक गर्न खोज्दा उसले पुरानो पैसा नतिरी बस्न नदिने भनेपछि हामीले हालै त्यो पैसा तिरिदियौं ।’

ओलीका पालामा ताज होटलमा कुल २१ लाख ६० हजार रुपैयाँ तिरिएको दूतावास स्रोतको भनाइ छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us