Tuesday, 6 September 2016

टुक्रा—टुक्रा पारेर बोरामा हालेको अवस्थामा घरभित्रै युवाको शव फेला

विराटनगर । विराटनगरमा एक युवकको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ बर्षिय युवकको हत्या गरी छाडेको अवस्थामा शव भेटिएको हो ।


घरबेटी श्रेष्ठ नभएको अवस्थामा युवकको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार युवकको शरीर टुक्रा–टुक्रा पारेर बोरामा हालेको अवस्थामा फेला परेको हो ।

युवकको हत्यापछि उनको शव बोरामा राखेर फाल्न गाडीमा राखेर लैजान खोज्दा चालकले शंका गरी प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

सिराहा घर बताउने चारजना युवाले छ दिन अघि मात्र त्यो घर भाडामा लिएर बसेका थिए । घटनास्थलमा तास र वियरका बोतल पनि फेला परेको छ ।

तिनै युवाले हत्या गरेको आशंका प्रहरीको छ । मदिराको नसामा योजनबद्ध रुपमा युवकको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us