Monday, 5 September 2016

युएईमा एक नेपालीले जिते ठुलो धनराशीको भाग्य चिठ्ठा

युएई । युएईको आबुधाबीमा कार्यरत एक नेपालीले ठुलो धनराशीको भाग्य चिठ्ठा जितेका छन् । नेपाली नागरिक रामकृष्ण भण्डारी पूर्ण ठेगाना पहिचान नभईसकेकाले बिग टिकट भाग्य चिट्ठामार्फत १० लाख अमेरिकी डलर अर्थात १० करोड ७० लाख नेपाली रुपैयाँ पाएका हुन् ।
सोही चिठ्ठामार्फत दार्जिलिङ स्थायी ठेगाना भएका नेपाली मुलका भारतीय नागरिक अङ्गतकुमार कर्कचन्द्र राइलेले नवौ पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर पाउनु भएको छ ।

नेपालको पूर्ण ठेगाना नखुलेका रामकृष्ण भण्डारीले भने पहिलो पुरस्कार स्वरुप १० लाख अमेरिकी डलर पाउनु भएको हो । सेप्टेम्बर ५ मा लक्की ड्रमार्फत खोलिएको चिठ्ठाबाट उहाँहरु विजेता बन्नु भएको हो ।






About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us