Tuesday, 6 September 2016

भूकम्पपीडितलाई पैसा वितरणमा आलटाल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले थाले हेलिकप्टरबाट पैसा वितरणको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितलार्इ दिइने अनुदान रकम छिटो वितरण गर्न पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।
व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा उनले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि प्रदान गर्ने अनुदानमा एक लाख वृद्धि गरिने बताए ।

सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु दुई लाख अनुदान दिने निर्णय गरेको थियो । सरकारले यो रकममा वृद्धि गरी तीन लाख पुर्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, यही हप्ताभित्र भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु एक लाख थप गर्ने निर्णय गर्न लागेको म जानकारी गराउन चाहन्छु ।’

बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् निर्णयको कार्यान्वयनलाई आफूले दैनिक रुपमा मुख्य सचिवमार्फत अनुगमन गरिरहेको बताए । उनले भने, ४५ दिनभित्र पहिलो किस्ताबापतको रकम भूकम्पपीडितलाई वितरण गर्न मैले पटक पटक प्राधिकरणलाई निर्देशन दिएको छु । यसमा आलटाल हुन्छ भने म हेलिकप्टरमा पैसा राखेर वितरण गर्ने कार्यमा लाग्नेछु । यस्तो दिन आउन नदिनुहोस् ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us