Thursday, 29 September 2016

डिभी चिट्ठा असोज १८ गतेबाट खुल्ने, कसरी भर्ने अनलाइन फारम ?

काठमाडौं ।  सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) असोज १८ गते मंगलबारदेखि आवेदन खुल्ने भएको छ । अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै आगामी १८ राती ९ :४५ बजेबाट आवेदन दर्ता सुरु हुने जनाएको छ ।

डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ। करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । यसको नतिजा सन् २०१७ मे २ ९२०७४ वैशाख १९० मा सार्वजनिक हुने पनि दूतावासले जनाएको छ।

 कसरी भर्ने अनलाइन फारम ?

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov आवेदन फारम भर्नु पर्नेछ ।

अमेरिकी दूतावासका अनुसार, डिभी फारम दर्ता गर्दा आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us