चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खसेको छ ।मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट पाँच बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
घटनास्थल नजिक एकजना असइको शव फेला परेको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरेको अवस्था भने अज्ञात छ ।
कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्धार टोली परिचालन गरिएको छ ।