Monday, 19 September 2016

कमेडियन कपिल शर्माविरुद्ध अर्को मुद्धा पनि दर्ता, जेल जान सक्ने

काठमाडौं । कमेडियन कपिल शर्माको समस्या झन् बढेको छ । कपिल शर्मा विरुद्ध वर्सोवा पुलिस चौकीमा नयाँ मुद्धा दर्ता भएको छ । अधेरीका एक अधिकारीले कपिल विरुद्ध मुद्धा दर्ता गरेका हुन् । कपिल शर्माले पर्यावरण संरक्षण कानुन उल्लंघन गरेको आरोप लगाउँदै उनले मुद्धा दर्ता गरेका हुन् ।

१३ सेप्टेम्बरमा बिएमसीले कपिल, इरफान लगायत चारजना विरुद्ध महाराष्ट्र प्लानिङ रीजनल एक्ट १९९६ ५३ ९७० को उल्लंघन गरेको आरोप लगाएको थियो । यदी बिएमसीको आरोप प्रमाणित भएमा उनीहरुलाई तीन वर्षसम्मको जेल सजाय हुनेछ अथवा २००० देखि ५००० हजारसम्म नगद सजाय हनसक्छ ।

१० सेप्टेम्बरमा वतावरणमा काम गर्दै आइरहेका अधिकारीले कपील र उनको छिमेकीविरुद्ध वातावरणसँग सम्बन्धित कानुन उल्लघंन गरेको आरोप लगाएका छन् ।

वातावरण अधिकारी शिवाजीले भनेका छन्,‘कपिलले वातावरण बिगार्ने अभिव्यक्ति दिएका कारण उनीमाथि मुद्धा दर्ता गरेको हुँ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us