Tuesday, 6 September 2016

यस्तो मर्मस्पर्शी सुसाइड नोटु लेखेर टिचिङ अस्पतालबाट हाम फालेका थिए विजयले

काठमाडौं । मंगलबार दिउँसो सञ्चारमाध्यम मार्फत एउटा समाचार बाहिर आयो । अस्ति राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालकै ३ तलामाथिबाट हाम फालेर आत्महत्या गरे ।

दोलखाका विजय मिर्गौला विग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत थिए । अस्पतालको झ्यालबाट हाम फालेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले बताएको छ । मृतक लामाको मंगलबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम समेत गरियो ।

खोजतालसकै क्रममा उनले अस्पतालको झ्यालबाट हामफाल्नु अघि लेखेको ुसुसाइड नोटु भेटियो । आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको लामाले सुसाइड नोटमा लेखेका छन् । आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी सुसाइड नोटु यस्तो छ ।

ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, ुड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।

विपन्न परिवारका विजयले आफ्नो उपचारका धेरै पैसा खर्च हुने भएपछि जीवनदेखि निराश बन्दै आत्महत्याको बाटो रोज्न बाध्य भएको देखिन्छ । मन्त्री र राष्ट्रपतिलाई उपचारका लागि करोडौं रकम छेलोखेलो गराउन सक्ने सरकारले विजयजस्ता युवाहरुलाई यसैगरी मारिरहेको छ । सायद राज्यले गरेको यो अन्याय कुनै कठघरामा उभिने पनि छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us