Tuesday, 13 September 2016

प्रधानमन्त्री प्रचण्डले दिए एक महिनाको तलब धुर्मुस सुन्तली फाउण्डेसनलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस(सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए ।

गत वर्ष बैशाख १२ को भूकम्पपछि कलाकार धुर्मुस सुन्तली भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने काममा जुटेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us