Monday, 12 September 2016

भारतीय सुरक्षा बल एसएसबीद्वारा दुई नेपाली कुटिए

महोत्तरी । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् ।

सोमबार  भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् ।

एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन् भने उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

मधवापुर बजारबाट दुईजना भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरुलाई रुक्न भनेका थिए भने उनीहरु त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट अचानक बेपत्ता भएका थिए ।

यसैबीच, मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका गणेश चौधरी र महेश महतोलाई नै एसएसबीले तस्करीमा संलग्न रहेको भन्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । यसले गर्दा मटिहानी र मधवापुरको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ । सो सीमा नाका दिउँसोदेखि अवरुद्ध रहेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us