Tuesday, 6 September 2016

१८ वर्षे मिर्गौला पीडित युवकले अस्पतालबाट हामफालेर आत्महत्या गरे

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् ।
दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् । मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराईरहेका खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए ।

गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मी अरगेनी ७ घर भई हाल ललितपुर गोटिखेल ३ स्थित महांकाल उच्च माध्यामिक बिद्यालय गोटिखेल स्कुलको घरमा बस्दै आएकी ३० वर्षीया रविना शर्मा सोमबार राति मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी ललितपुर उपमहानगरपालिका १५ दिपावली मार्गमा डेरा गरी बस्ने बारा इनरुवा ४ घर भएका ३८ वर्षीय ईमामुल अन्सारी सोमबार आफ्नै कोठामा सुतिरहेको स्थानमा मृत फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us