Tuesday, 20 September 2016

प्रधानमन्त्री प्रचण्डलाई जेल हालेरै छाड्ने अख्तियारको योजना


काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको विषयलाई लिएर सर्वोच्चले विभिन्न आदेश दिईरहेका बेला अख्तियारले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही गर्ने धम्कि दिएको छ ।

लडाकु शिविरभित्रको भएको भनिएको भ्रष्टाचारको विषयलाई लिएर अख्तियार प्रमुख कार्कीले प्रचण्डलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छन् ।

माओवादी केन्द्रकै पहलमा अख्द्यितयार प्रमुख भएका कार्कीले आफ्नो नियुक्तिको उत्पन्न विवादलाई समाधान तर्फ ध्यान नदिएको भन्दै प्रमुख कार्कीले शिविरको भ्रष्टारको विषय उठाएको माओवादी नेताहरूले माओवादी केन्द्रको बैठकमा बताएका थिए ।

अख्तियारले प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई लडाकु शिविरको भ्रष्टाचार प्रकरणको विषयलाई छानविन थालेको खुलासा भएको छ । चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बसेको माओवादी केन्द्रको बैठकमा आफूसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने षडयन्त्र भइरहेको खुलासा गरेको थिए ।

प्रचण्ड भारत भ्रमणमा गएको मौका छोप्दै एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा छानविन अघि बढेको जानकारी दिँदै नेताहरुलाई वयानका लागि उपस्थित हुन निर्देशन जारी गरेको थियो ।

अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरण उल्ट्याएपछि यसलाई व्यवस्थापन गर्न प्रचण्डले एकाएक अमेरिका भ्रमण समेत रद्ध गरेका थिए । आइतबारको वैठकमा प्रचण्डले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन अख्तियारलाई एमालेले उकासेको आरोप पनि लगाएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार लडाकु शिविरको अनियमिततामा मुछिएका प्रचण्डसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने षड्यन्त्र रहेको प्रचण्डले बताएका थिए ।

अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा अख्तियारले प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us