Sunday, 7 August 2016

प्रचण्ड प्रधानमन्त्री बन्ने वित्तिकै, माओवादी फेरी फुट्ने

काठमाडौं । देशीविदेशीहरुको षडयन्त्र र नपाली कांग्रेसको वैशाखी टेकेर सत्तारोहण गरेको माओवादी केन्द्र पार्टी सरकारको गतिविधिलाई लिएर व्यापक असन्तुष्टि बढेको छ । जसको नेतृत्व प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले गरेका छन् ।

जुन असन्तुष्टि बाहिरै प्रकट भएको छ । अघिल्लो सरकारले गरेका राष्ट्रहित विकासका र दूरगामी योजना विकास निर्माणका कामहरु र छिमेकीसँगका राष्ट्रहिटका सन्धि सम्झौता कार्यान्वयन गरेर जानुपर्छ भन्ने नेता र यो पूरै उल्टाउनुपर्छ भन्ने अनुदारवादी सोचका नेताहरु बीच सिधा टकराव मात्र भएको छैन, जसले पार्टीभित्र ठूलै असन्तुष्टि पैदा गरेको छ ।

यसै सन्दर्भमा अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता गर्ने निर्णय ठीक नभएको र त्यो विषय पार्टीमा छलफल नै नगरी एकतर्फी भएको टिप्पणी गर्दै त्यस्ता विषयले सरकार र पार्टी समस्यामा पर्ने बताएको छन् भने रामबहादुर थापा बादलले पार्टी समाप्त हुने दिशातर्फ अग्रसर भइरहेको बताएका छन् ।

निश्चित उद्देश्य र निश्चित समयका लागि बनेको यो म्यादी र निश्चित समयका लागि बनेको यो म्यादी सरकार निर्माणको प्रारम्भमै विवादित त बनेको छ नै यसबाट मुलुक र जनताले केही नपाउने निश्चत भएको छ । 

किनभने माओवादी केन्द्र अन्य दलभित्र मन्त्रीका आकांक्षीहरु धेरै भएको र त्यसले पार्टीभित्र विवाद बढाएका कारण सरकारमा संलग्न हुने मन्त्रीको नाम छनौट गर्न समेत दुवै पार्टीमा समस्या भएको बुझिएको छ ।

सरकारको संरचना यसको निर्माण नेतृत्वको सोच र गतिविधि हेर्दा माओवादी केन्द्र सरकारमा छँदै फुट्ने सम्भावना भएको माओवादी केन्द्रकै एक नेताले नाम नबताउने शर्तमामा बताएका छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us