मोरङ । प्रहरीले नै गलत सूचना दिएर कसैको मृत्युको खबर जारी गर्यो भने कस्तो होला ? यस्तै घटना भयो मोरङमा। प्रहरीले दिएको गलत सूचनाले परिवारमा केही दिन ठूलो आघात पर्यो।
प्रहरीले मृत्यु भइसकेको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्किएका छन्। विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी फर्किएका छन्।
गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखबाट लडेका राई गम्भीर घाइते भएका थिए। न्युरो अस्पतालमा उपचारका क्रममा रहेको उनको मृत्यु भएको भन्दै पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सूचना प्रवाह गरेको थियो।
प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चारमाध्यममा समाचार समेत प्रकाशनरप्रसारण भएका थिए। समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए।