Thursday, 4 August 2016

साउदीमा नेपाली कामदारहरु समस्यामा, १० महिनादेखि तलव पाएनन्

काठमाडौं । साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।
साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्यहाँ भारती मात्र होइन, नेपाली पनि समस्यामा परेको पाइएको छ । कतिसम्म भने नेपाली कामदारहरुले ९ महिनासम्म तलब पाएका छैनन् ।
तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा आर्थिक संकट देअिएको छ र त्यसको असर राजगारीमा गएका नेपालीमा पनि गरेको हो । साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा काम गर्ने समस्या बढ्दो छ ।
रियादस्थित दूतावासका श्रम-सहचारी अम्बिकाप्रसाद अधिकारीका अनुसार तलव नपाएर अलपत्र परेको सूचनाहरु आउन थालेका छन् ।
झण्डै दुई साता हप्ताअघि साउदी अरबको दमामस्थित जुबेलमा २३ नेपाली तलव नपाएर अलपत्र परेको खबर बाहिर आयो । अब्दुल मोअसिन अल मौसा कम्पनीमा काम गर्ने नेपालीहरुले पाँच महिनादेखि तलव नपाएको थाहा पाएपछि नेपाली दूतावासले समाधानका लागि पहल सुरु गरेको छ ।
फेरि बुधबार नाफ इन्टरनेशनल कम्पनीमा ४८ नेपाली ३ महिनासम्म तलव नपाएर समस्यामा परेको खबर सार्वजनिक भएको छ ।
‘महिना मर्नासाथ तलव बुझ्ने कामदारले लामो समय तलव नपाउँदा अनेक समस्या भोग्नु परेको छ’ श्रम सहचारी अधिकारीले  भने,’तलवबाटै रासन किने खानुपर्नेलाई बढी समस्या भएको छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us