Monday, 1 August 2016

यस्तो छ पत्नी–गलफ्रेन्डलाई मन्त्री बनाउने खेल, हेर्नुस् कसकसले बनाउदै छन् पत्नी र गलफ्रेन्डलाई मन्त्री

काठमाडौं । समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई सभासद बनाएका नेताहरुको फेरि अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रीमती, प्रेमिका, साली तथा नातेदारलाई समानुपातिकबाट सभासद बनाएका थिए ।

नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाहि मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रेमिकाहरुलाई बसिसुख नउठी सुखको अवस्थामा पु¥याएका छन् । नयाँ गठबन्धन सरकारका पर्दापछाडिका सारथी हुन् शेरबहादुर देउवा ।

देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन् । देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झैं पत्नीको रहर सरेको कांग्रेसभित्र चर्चा छ ।

यसको अर्थ हो तारतम्य मिल्यो भने आरजु देउवा अब मन्त्री बन्नेछिन् । त्यसैगरी राजेन्द्र महतोकी पत्नी शैलदेवी महतो पनि मन्त्री बन्ने पक्काजस्तै छ । सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन् हाम्रो पार्टीलाई मन्त्रीपद मिल्यो भने शैलदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि ।

आफै सांसद नभएकाले पत्नी शैलदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका छन् । त्यसैगरी राजकिशोर यादव पनि छायाँ मन्त्री बन्दैछन् । अर्थात् उनको पार्टी सरकारमा पस्न सफल भयो भने पत्नी सरिता मन्त्री बन्नेछिन् र भित्री लगाम राजकिशोरले सम्हाल्नेछन् ।

मन्त्री पति बन्न लागेका अर्का नेता हुन् अनिल झा । उनकी पत्नी डिम्पल झा पार्टीको तर्फबाट समानुपातिक सभासद् छिन् । उनले मन्त्री पद पाएपछि लगाम अनिलले नै सम्हाल्ने छन् । शरदसिंह भण्डारीको पार्टीबाट सांसद बनेकी उनकी निकट एउटी पात्र पनि मन्त्री बन्न लागेको चर्चाले राजनीतिक बजारमा रमाइलो भइरहेको छ ।

उनी हुन् दशकौंदेखि चर्चित महिला निर्जला राउत । मधेसी मोर्चाले आफ्ना प्रियतमहरुलाई मन्त्री बनाउने सर्तमा ११ बुँदे हुन् कि १६ बुँदा सबैलाई हेपेर मधेसी जनताको छातीमा टेक्दै सत्तारोहण गर्ने निश्चित भएको छ । 

मधेसी जनताको रगतमा होली खेलेर स्वास्नी, प्रेमिकालाई समानुपातिका सांसद बनाउन सफल मधसी मोर्चाका नेताहरुको आन्दोलन सिर्फ सत्ता बाहेक केही होइन भन्ने कुरा फेरि प्रकट हुँदैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us