काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औँ माहाधिवेशन वाट अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।
मत परिणाम अनुसार संस्थापन पक्षका महरले १४३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्।
त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।
यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए ।
उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
अध्यक्षका प्रत्यासी आचार्यले नेविसंघले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो ।