Saturday, 13 August 2016

हैजाको संक्रमण फैलिँदो : काठमाडौंको पानीमा दिसामा पाइने जिवाणु भेटियो, सचेत रहन सुझाव

काठमाडौं । यो साता भैंसेपाटीमा हैजाको विरामी भेटिएको छ । भैसीपाटीबाट मात्र अहिलेसम्म चारवटा हैजाका घटना बाहिर आएको स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको पिउने पानीमा मानव दिशामा पाइने कोलिर्फम भेटिएको छ । जसका कारण हैजाको संक्रमण पाइएको छ ।

महाशाखाका अनुसार काठमाडौ उपत्यकामा हैजाबाट प्रभावित हुनेको संख्या ५० पुगेको छ । काठमाडौमा ६ तथा ललितपुरमा ४४ जना प्रभावित भएका छन् । प्रभावित हुनेमा सबैभन्दा धेरै निम्न वर्गीय परिवार, श्रमिक लगायत केटाकेटी छन् ।१५ वर्ष देखि २५ वर्ष उमेर समूहका मानिस बढी प्रभावित छन् । उनीहरुमा ०१ ओगावा स्टरियोटाइप हैजा देखिएको महाशाखाले जनाएको छ ।


हैजागत वर्ष पनि काठमाडौं जिल्लामा ७६ जनामा हैजाको प्रकोप देखिएको थियो । ‘गत वर्ष काठमाडौं जिल्लामा बढी देखिएकोमा देखिएकोमा यो वर्ष ललितपुरमा देखिएको हो’ इपिडिमियोलाजी शाखा प्रमुख डा.गुणनिधि शर्माले भने करिब एक महिना पहिले काठमाडौंको कालीमाटी, टेकु, बाफल आसपासका क्षेत्रमा हैजाको प्रकोप पहिलो पल्ट देखिएको थियो । लगत्तै ललितपुरको बालकुमारी, थैव, गोदावरी, हरिसिद्धी, जावलाखेल लगायतका ठाँउमा हैजाको सक्रमण देखिएको छ ।

कारण दुसित पिउने पानी ?

हैजाको संक्रमण फैलिएको क्षेत्रहरुको पानीको नमुना संकलन गरेर परीक्षण गरिएको थियो । यस्तै घर(घरमा गएर उनीहरुका परिवार तथा आसपासका वासिन्दालाई सरसफाई, पिउने पानीको शुद्धिकरणबारे जानकारी दिने काम भइरहेको छ ।

करिब दुई साता अघि हैजा प्रभावित विभिन्न ठाँउबाट पानीको ९६ वटा नमुना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इ।कोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको छ । कोलिर्फम भन्नाले दिसा मिसिएको पानी भन्ने बुभिन्छ । यस्तो पानी खाएमा हैजा लाग्ने गर्छ । हैजा विशेषगरी भिव्रियो नामक जिवाणुका कारण हुने गर्छ ।

यो संक्रमित व्यक्तिको दिशाबाट अर्को व्यक्तिमा सजिलै सर्नेगर्छ । त्यस्तै दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा विरामीलाई चौलानी जस्तो दिशा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपशी बौडिने, शरीरमा पानीको मात्रा न्युन हुने हुन्छ । र, बेहोस हुने, पानी कम भएर मृगौला फेल भई मानिस मर्न समेत सक्छ ।

यसबाट बच्न बासी, झिंगा भन्केको, सडेगलेको खानेकुरा नखानु उचित हुन्छ । त्यस्तै शुद्ध पानी पिउन तथा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । तर, नेपालमा भने यस वर्ष हैजाकै कारण कसैले ज्यान गुमाउनु नपरेको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us