रियो । फुटबलमा ब्राजिल र अर्जेन्टिनालाई चिर प्रतिद्वन्द्वी मानिन्छ। दुई देशका समर्थक एकअर्कालाई देखिसहँदैनन्। त्यही भएर कहिलेकाहीँ मैदानमा नै दुई समर्थकबीच हात हालाहाल सम्म हुने गरेको छ।
यस्तो दृश्य ओलम्पिकका खेलमा भने बिरलै देखिने गर्छ। तर, सोमबार अर्जेन्टिनाका हुवान मार्टिन डेल पोट्रो र पोर्चुगलका जोआ सौसाबीच भएको टेनिस खेलमा दुई देशका समर्थकबीच हात हालाहाल भएको थियो। दुई समर्थकबीच झडप हुँदा प्रहरीले नै छुट्याउन परेको थियो।
पछि, अर्जेन्टिनाको फुटबल जर्सी लगाएका ती समर्थकलाई टेनिस कोर्टबाट बाहिर निकालिएको थियो।