काठमाडौं । २०७० सालको दोस्रो संविधानसभा चुनावमा नायिका रेखा थापाले तत्कालीन नेकपा माओवादीबाट टिकट पाउने चर्चा खुबै चल्यो।रेखाले चलचित्रमा दर्शक कमाए झै राजनीतिमा भोटर कमाउलिन् कि नकमाउलिन्रु प्रश्न जन्मिए। उनको हातैमा आएको टिकट गुम्यो। त्यसैले अहिले पनि नायिक रेखा थापा टिकट पाइसकेकै थिएँ भन्न अक्मकाउदिनन्।
भलै अभिनेत्री रेखा दोस्रो संविधानसभा चुनावमा नेत्री बनेर आफ्नो अर्का कर्म चलाउन पाइनन्। टिकट नपाए पनि उनको प्रचण्डप्रतिको प्रेम यथावत नै छ। पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको प्रधानमन्त्रीमा पुन दोहोरिँदै छन्। दाहाल प्रधानमन्त्री हुँदै गर्दा उनीसँग कम्मर मर्काएकी हिरोइन रेखा थापामा पनि आशाको दियो चम्किएको छ। रेखा भन्छिन्, ुउहाँ दोस्रो पटक देशको प्रधानमन्त्री बन्नुहुँदैछ। मलाई विश्वास छ पहिलो पटक प्रधानमन्त्री हुँदा भएका त्रुटी र भुल सच्याएर अघि बढ्नुहुने छ, रेखाले भनिन्।
हिरोु फिल्मबाट डेव्यू गरेकी रेखाले डेढ दशक यता नेपाली रजतपटमा राज गरिरहेकी छिन्। केही वर्षदेखि राजनीतिलाई नजिकबाट हेर्न थालेकी उनी भन्छिन्, परिर्वतनको खेल बढी भयो पुष्पकमल दाहाललाई केही समय जनताले साथ दिनुपर्छ उहाँले देशमा आमूल परिर्वतन गर्नुहुन्छ।ु प्रचण्डप्रति रेखामा बढी नै विश्वास देखियो।
थापाका नजरमा प्रचण्ड दुरर्दशी नेता हुन्। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, प्रचण्डजी दुरदर्शी र प्रगतिशील नेता हुनहुन्छ। उहाँले देशलाई निकास दिनुहुन्छ।