पोखरा । पत्नीलाई पटकपटक चरम यातना दिएको उजुरीपछि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी पक्राउ परेका छन् । पत्नी गंगाको उजुरीकै आधारमा उनी पक्राउ परेका हुन् ।
राजेन्द्रले पहिला पनि पत्नीलाई कुटपिट गर्ने गरेको र प्रहरीमा उजुरी पर्दा मिलाप हुँदै गरेको बताइएको छ । यसपटक राजेन्द्रले पत्नी र छोरीलाई कुटपिट गरेका हुन् । पत्नीलाई फलामको रडले कुटेपछि गंगाको टाउकोमा पाँच टाँका लगाइएको छ ।
आज बिहान प्रहरीले नियन्त्रणमा लिएका राजेन्द अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशमा रिहा भएपछि घर पुगेका छन् भने स्थानीय महिला समूहले महिला हिंसा गर्ने पत्रकारलाई छाडिएको भन्दै अधिकारीको घर घेराउ गरेका छन् । अधिकारीको घर पोखरा–७ मासबारमा तनाव भएपछि प्रहरीले सुरक्षा दिनु परेको छ ।
महिलाले अधिकारलाई प्रहरीले पक्रेर कारबाही गर्नु पर्ने माग गर्दै नारबाजी गरेका छन् । अधिकारी पोखराबाट प्रकाशित डन न्युज दैनिकका सम्पादक हुन् ।