Saturday, 13 August 2016

बोक्सी आरोपमा बृद्धालाई यातना तथा कुटपिट

 जनकपुरधाम । धनुषाको सिमराढीमा बोक्सी आरोपमा एक बृद्धालाई स्थानीयले एक वर्षदेखि शारिरीक यातना दिँदै आएको सार्वजनिक भएको छ ।
जिल्लाको खरीहानी गाविस-५ सिमराढी निवासी ६० वर्षीया बृद्धा जानकी देवी कापडलाई स्थानीयले वर्ष दिनदेखि लगातार यातना तथा कुटपिट गर्दै आएका हुन् । टाउको र हात-खुट्टामा चोटपटक लागेकी जानकीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि उक्त तथ्य बाहिर आएको हो ।
स्थानीयले बोक्सी लागेको भन्दै वर्ष दिनमा तीनपटक कुटपिट गर्ने गरेको जानकीका छोरा राम केवल कापडले जानकारी दिए । स्थानीयले बोक्सी आरोपमा आमालाई पटक-पटक कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खरिहानीमा उजुरी गरेपनि प्रहरी प्रशासनले कुनै चासो नदिएको उनले बताए । प्रहरीले दोषिलाई कारवाही गर्नुको सट्टा आमा र आफूलाई गालीगलौज गरेर धपाएको राम केवलले दुखेसो पोखे ।
उपचारका लागि अस्पताल भर्ना भएकी जानकीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान पूरा भएपछि मात्रै पिडकलाई पक्राउ गर्ने जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us