Saturday, 13 August 2016

डण्डिफोरले सताईरहेको छ ? यस्तो खाने कुराहरु खानुहोस्

काठमाडौं । प्राय सबै मानिसहरुमा डण्डिफोर आउने गर्दछ । डन्डीफोरले  धेरैजसोलाई सताइरहेको नै  हुन्छ । गर्मी मौसममा त  झन् धूलो , धुँवा र प्रदूषण जस्ता कुराले गर्दा अनुहार डण्डीफोर आउनुलाई सामान्य कुरा नै मानिन्छ । बिषेशत किशोरावस्थामा डण्डिफोर निकै आउने गर्दछ । यसरी किशोर अवस्थामा डण्डीफोर आउनुलाई सामान्य नै मानिन्छ । यसलाई किशोरावस्था एउटा संकेतको रुपमा पनि लिने गरेको पाईन्छ ।

हाम्रो शरीरमा विभिन्न खालका भिटामीन र पौष्टिक आहारहरूको कमी भएको कारणले पनि डन्डीफोर आउने गर्दछ । यदि तपाईँले आफ्नो अनुहारको डन्डीफोर निको पार्न विभिन्न घरेलु उपाएहरु अपनाएर दिक्क भइसक्नु भएको छ, भने एक पटक तलका खानेकुराहरु खाएर हेर्नुहोस् ।
जसको लागि तपाईले यी तल उल्लेख गरिएका खाद्य बस्तुहरु नियमित खान खाने बेला सेवन गर्नु भएमा यो धेरै नै फाईदाजनक हुन्छ । यदि कुनै भिटामिन तथा पौष्टिक आहारको कमिले गर्दा आएको डन्डीफोर भएमा अवस्य निको हुने छ ।


–गाँजर : गाँजरमा प्रशस्त भिटामीन९ए पाइन्छ। भिटामीन९ए लाई डण्डीफोर विरोधक भिटामीन भनेर पनि चिनिन्छ । खाना खाइसकेपछि अथवा खाजाको रूपमा दैनिक १र२ वटा गाँजर मज्जाले चपाएर खाने गर्नुहोस्। यसले पाचनप्रणालीमा सुधार ल्याउनुका साथै डण्डीफोरको समस्याबाट पनि राहत प्रदान गर्दछ ।


–माछा : माछा कत्तिको खाने गर्नुहुन्छ। यो डन्डीफोरको लागि अति उचित मानिन्छ ।माछा हाम्रो स्वस्थ्यको लागि पनि धेरै लाभलायक मनिन्छ। विशेष गरी ‘सामन’ जातको माछालाई स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मस्तिष्कको विकास गर्ने खानेकुराको रुपमा चिन्ने गरिन्छ । यसमा पाइने ओमेगा९३ फ्याटी एसिडले छालालाई रक्षा सँगै ‘कोलाजेन’ हरमोनको उत्पादनमा वृद्धि भई  डण्डीफोर आउनबाट रोक्ने सेता रक्तकोषहरुको विकास गर्न मदत गर्छ ।


– बेसारः तरकारीमा राखेर त दिनदिनै खानुहुन्छ बेसार, तर जब तरकारीसँगै बेसार भुटिन्छ, तब यसको वास्तविक गुण परिवर्तन हुन्छ। हुन त भुट्टिएको बेसार पनि हानिकारक त हुँदैन, तर यसले डण्डीफोरको ब्याक्टेरियालाई हटाउन सक्दैन। त्यसैले बेसारबाट डण्डीफोरलाई हटाउन चाहनुहुन्छ भने, विहान उठेर १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नुहोस्। दही मन पर्दैन भने १ गिलास पानीमा १ चिम्टी बेसार राखेर १० मिनेट उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस्। यसमा हुने विशेष प्रकारको जलनविरोधक तत्वले पेट तथा रगतबाट ब्याक्टेरिया र अन्य विषाक्त पदार्थहरूलाई हटाई ग्यास्ट्रिक, एसिडिटीलाई राहत प्रदान गर्दछ भने साथसाथै डण्डीफोरलाई असर गरिरहेको किटाणुहरु नष्ट गर्ने कार्य पनि गर्छ ।


–तोरीको हरीयो साग मुलाः डण्डीफोर आउनु भनेको वास्तवमा नराम्रो कुरा होइन, यो त शरीरभित्रमा विषाक्त पदार्थहरू बाहिर निस्कने अर्को माध्यम मात्रै हो। तरपनि, बाहिरबाट प्रवेश गरेका ब्याक्टेरियाहरूले डण्डीफोरलाई बेलैमा सञ्चो हुन दिँदन। हरीयो सागपात ९विशेष गरी मुला र तोरीको साग० मा प्रशस्तै क्लोरोफील पाइन्छ, जसले पेटभित्रका ब्याक्टेरियालाई नष्ट गरी छालाको भित्री तहमा भएका ब्याक्टेरिया र विषाक्तलाई दिशाको मार्फत बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसले रगतलाई पनि सफा गर्दछ। त्यसैले दैनिक खानामा यस्ता सागपातलाई नियमित मिसाएर खानुहोस्, केहि फरक अवश्य पाउनुहुनेछ ।

डण्डीफोरलाई सामान्य खालको समस्या मान्नु वा सम्झनु धेरै नै खतरनाक समेत रहेको छ । खासमा डण्डीफोर छोटो समयमै हराउने  खालका हुन्छन् । यदि लामो समय सम्म पनि डण्डीफोरले निको नभएर कुनै पनि  घरेलु उपचारबाट पनि निको नभएको खण्डमा चिकित्सकीय परामर्श लिनु नै आवश्याक हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us