काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएइका छन् ।
आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी दाहालले छानवीनमा रहेका चिकित्सकहरुलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका हुन् ।
निर्देशन दिंदै प्रधानमन्त्री दाहालले भने, ‘नक्कली आरोपित डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।’
प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।