काठमाण्डौं । नेकपा माओवादी केन्द्रमा मन्त्रीको विवादको संकट नटर्दै अर्को महासंकट आइलाग्ने देखिएको छ । विभिन्न पार्टी तथा घटक मिलेर नेकपा माओवादी केन्द्र बनेको माओवादीमा एकताबाट आएकाहरुले छुट्टै भेला गरेका छन् । एकिकृत माओवादीबाट आएकाहरुले पार्टीमा दादागिरी र हैकम जमाउन थालेपछि एकताबाट आएका नेताको भेला भएको बैठकमा सहभागि एक नेताले बताए ।
एकता गर्दा प्रचण्डले गरेको बाचा विर्सन खोजेको निष्कर्ष निकाल्दै भेला राजधानीको एक होटलमा भेला आयोजना गरिएको हो । रामबहादुर थापा बादल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा, नेकपा माओवादीका मातृका यादव, नेकपा माओवादी विद्रोही समूहका तिलक परियार निकट नेताहरुले उक्त भेलाको आयोजना गर्न लगाएका थिए ।
तर बादलसहितका नेता भेलामा सहभागि भएनन् । एकताबाट आएका दोस्रो तहका नेता भेलामा सहभागि थिए । गत जेठ ६ गते माओवादीहरुको एकताको घोषणा गरिएको थियो । जनवर्गीय संगठन निर्माणदेखि सबै तहमा पुर्व एमाओवादीले नै हस्तक्षेप गर्न थालेपछि एकतामा आएको समुह विच्कीन थालेको हो ।
भेलाले प्रचण्डले गल्तीहरु गर्दै आए एकता गर्नु र नगर्नुको अर्थ नभएको निष्कर्ष निकालेको छ । एकै पार्टी भइसक्दा पनि एकताबाट आएकाहरुलाई वेवास्ता गरिएको भेलाको आयोजना गरिएको एक नेताले बताए ।