Monday, 22 August 2016

हिमानी शाहले गरिन दक्षिणकाली मन्दिर पुगेर नित्य पूजा

काठमाडौं ।  पूर्व युवराज्ञी हिमाली शाह पूजाआजाका लागि दक्षिणकाली मन्दिर पुगेकी छिन्। सोमबार बिहान नित्य पूजाका लागि पूर्व युवराज्ञी हिमानी दक्षिणकाली मन्दिरमा पुगेकी हुन्।

पूर्वयुवराज पारस शाहकी पत्नी पूर्व युवराज्ञी हिमानी आफ्ना निजी सचिवालयका सहयोगीहरुका साथ पूजाका लागि त्यहाँ पुगेकी हुन्। हिमानी विभिन्न सामाजिक संस्थामार्फत सामाजिक काममा पछिल्लो समय सक्रिय छिन्। उनले समाजिक संस्था हिमानी ट्रष्टमार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेकी छिन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us