Friday, 12 August 2016

एक छोरा र एक छोरीको आमा ‘कमलाको हत्या रहस्यमय’

बुटबल । हत्याको पछाडि केहि न केहि लुकेको हुन्छ । त्यस्तै भएको छ बुटवलमा । रहस्यमय’रुपन्देहीको बुटवल १३ कालिकानगर परोपकार पथमा डेरामा बस्दै आएकी कमला न्यौपानेको रहस्यमय ढङगले हत्या भएको प्रहरीले बताएको छ । गएराती ७ देखि ९ बजेको विचमा उनको हत्या भएको प्रहरीको अनुमान लगाएको छ ।

मणिग्राम ८ मा घर भएपनि व्यवशायको शिलशिलामा परिवार सहित कालिकानगरमा बस्दै आएकी कमलाको तारले घाँटी कसेर हत्या गरि पलङिभत्र राखेको अवस्थामा शव भेटिएको प्रहरी निरिक्षक राजु कार्कीले बताए ।

स्थानियका अनुसार ढिकुडी खेलाउँदै आएकी कमला बिहीबार साँझ ७ बजे तिर घरमा आएकी थिइन । उनका श्रीमान नित्यानन्द न्यौपाने कामको शिलशिलामा काठमाडौ गएकोले एक्लै रहेको भन्दै राति साथी दिन दाजुको छोरा रेबिकललार्इ बोलाएको तर उनले कतै नदेखे पछि स्थानियको सहयोगमा खोजी गरेका थिए ।

कमलाको मोवाइलमा सम्पर्क गर्दा किचनरुममा घण्टि बजेको तर मान्छे नभेटिएकोले खोज्दै जादाँ बक्स पलङको चरबाट खुट्टाको अौला देखे पछि स्थानियले प्रहरीलाइ खवर गरेको लुम्बिनी टाइम्सले जनाएको छ ।

अहिले कमलाको शव पोष्टमाटमको लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ । कमलाका एक छोरा र एक छोरी रहेका छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us