Friday, 5 August 2016

प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते , माईक्रोका सह–चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटना

भालुवाङ | प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट  तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् । भैरवनाथ गण महाराजगञ्जबाट प्यूठान सदरमुकाम  खलङ्गाको लागि पैदल हिडिरहेका नेपाली सेनालाई माइक्रोले  ठक्कर दिएको हो। 
शनिबार बिहान भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।

माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिए । घाइतेलाइ   नेपाली सेनाको हेलिकोप्ट्रर मार्फत उद्धार गरि राजधानी लगिएको छ।

गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह—चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरिले बताए। ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us