Saturday, 13 August 2016

युद्धग्रस्त क्षेत्रमा शरीर जोडिएको जुम्ल्याह बच्चा जन्मियो

काठमाडौं । युद्धग्रस्त सिरियामा एक आमाले शरीर जोडिएका जुम्ल्याह बच्चालाई जन्म दिएकी छन् । हिंसा प्रभावित डूमा शहरमा जन्मिएका जुम्ल्याह बच्चालाई बचाउन डाक्टरले विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् ।
नवरास र मोआज नामका जुम्ल्याह छातीबाट जोडिएका छन् । उनीहरुको जन्म जुलाईमा भएको थियो ।
उनीहरुलाई दमिश्कस्थित बच्चाको अपस्तालमा ल्याइएको छ । र, डाक्टरले भनेको छ कि यदि उनीहरुको सर्जरी भएन भने मृत्यु पनि हुन सक्छ । यद्यपि अहिले बच्चा स्वस्थ छन् ।
सिरियामा संघर्ष सुरु भएदेखि नै डूमामा गोलाबरी भइरहेको छ । र, मानवीय सहयोग पुग्न समेत गाह्रो भइरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us