Saturday, 20 August 2016

चीन भ्रमण सकेर महरा स्वदेश फर्किए, भारत भ्रमणमा रहेका गृह मन्त्री निधिले नरेन्द्रमोदीलाई भेटी प्रचण्डको सन्देश बुझाए


काठमाडौं ।  पाँचदिने चीन भ्रमण सकेर उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा चीन पुगेका महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यीलगायतसँग भेटवार्ता गरेका थिए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महराले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ दिशा दिन सफल भएको बताए ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको जानकारी दिँदै भ्रमणको मिति भने तय भइनसकेको बताए ।

अर्थमन्त्री महराले चिनियाँ अधिकारीहरुले आपसी हित, द्विपक्षीय सहयोगलगायतका विषयमा छलफल भएको र नेपालप्रति चीन सधैं सकारात्मक रहेको बताए ।

चिनियाँ अधिकारीहरुले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको भन्दै चीन नेपालमा स्थिरताको पक्षमा रहेको जनाएको उनको भनाइ थियो ।

उत्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतमा रुपमा दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्दसँग शनिबार मध्यान्ह भेटघाट गरेका छन् । निधिले मोदीलाई उनको निवास सेभेन रेसकोर्समा भेटेका हुन् । भेटका क्रममा निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनमा भारतको सहयोगलगायतका विषयमा मोदीर्ला जानकारी गराएका थिए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us