Monday, 15 August 2016

हल्लाको पछि नलाग्नुस् ! छ दिन पुरै अध्यारो हुँदैन

काठमाडौं । सामाजिक सञ्जालले सूचना मात्र दिँदैन, बेला-बेला अफवाह पनि फैलाउँछ । त्यसको पछि लाग्दा धेरैले दुःख पाएका छन् ।
गत वर्षको विनाशकारी भूकम्पको बेला पनि यस्ता धेरै अफवाह फैलिए । त्यसलाई सत्य मानेर मानिसहरु घर छाडेर पालमा बसे ।
अहिले फेरि यस्तै अफवाहले सामाजिक सञ्जालमा निकै स्थान पाएको छ । त्यो हो, साउन ३२ गतेदेखि पृथ्वीमा पुरै अँध्यारो हुन्छ ।
यो कुनै सत्य खबर होइन । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ता, ब्लगर तथा वेबसाइटहरुले नै यस्तो प्रचार गरिरहेका छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेन्द्र भट्टराईले यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत जनमानसमा त्रास फैलाउन यो खबरमा कुनै सत्यता छैन, भट्टराईले भनेका छन् ।
दुई वर्ष अघि पनि सामाजिक सञ्जालमार्फत यस्तै अफवाह फैलिएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us