Monday, 1 August 2016

आविष्कार केन्द्र खोल्न महावीरको गरे २८ रोपनी जग्गा दान

काठमाडौं । आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुगेका महावीर पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घोषणा गरेका छन्।

उनले पोखराको बेगनास तालछेउको करिब ३ करोड रुपैयाँ पर्ने जग्गा संस्थालाई दिने घोषणा गरेका हुन्। त्यो जग्गा २० वर्षअघि पुन र साथीहरूले किनेका थिए।

‘कसैले जग्गा दिन चाहन्छ भने त्यो बेचेर नगद बनाउन सकिन्छ,’ पुनले भने, ‘कसैको जग्गा बिकेन भने त्यो केन्द्रका नाममा हुन्छ र त्यसबाट कृषि कर्म गरेर केन्द्रले आम्दानीको स्रोत निर्माण गर्न सक्छ।’

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालादेखि चार सरकार प्रमुखलाई उनले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गरेका थिए। प्रत्येक प्रधानमन्त्रीले उनलाई आश्वासन दिए, पनि सहयोग दिएनन्।

तत्कालीन अर्थमन्त्री रामशरण महतले आविष्कार केन्द्रका नाममा रकम दिने भन्दै बजेटमै उल्लेख गरे पनि सरकारले कार्यविधि अगाडि नबढाउँदा पुनले रकम पाउन सकेनन्। सरकारले सहयोग गर्ने नाममा वर्षौं झुलाएपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वैच्छिक महादान अभियान सुरु गरेका छन्। म्याग्दी र पर्वतका गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकोमा पुनले म्यागासेसे सम्मान पाएका थिए।

यसैबीच महावीर पुनको अभियानलाई डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले सघाउने भएको छ। सूचना प्रविधि अध्यापन गराउने इन्स्टिच्युटले पुनको अभियानलाई शैक्षिक माध्यमबाट सहयोग गर्ने भएको हो।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us