Thursday, 18 August 2016

यी हुन पाकेको केरा खानुका फाइदा

काठमाडौं । स्वास्थ्यका लागि फल अत्यन्त लाभदायक हुन्छन् । फलहरूमा केरा त धेरैलाई मन पर्छ । यसलाई शरीरलाई ऊर्जा दिन्छ । केराको नियमित सेवनले गम्भीर बिरामीबाट हामीलाई बचाउँछ । कालो दाग लागेको केराको बोक्रा हेरेर हामी कुहिएको होला भन्ने अनुमान गर्दै खाँदैनौं तर तिनमा नै धेरै लाभदायक तत्व लुकेको हुन्छ । 

केरा मजाले पाकेको लक्षण हो यस्तो कालो दाग । यसरी राम्ररी पाकेको केरा खाँदाका फाइदाहरू जानिराखौं स् मजाले पाकेको केराले हाम्रो शरीरमा भएको क्यान्सरसँग लड्न मद्दत गर्छ । वास्तवमा पाकेको केराको बोक्रामा भएका काला दागले टिएनएफ तत्वसँग लड्ने क्षमता राख्छ । टिएनएफ भन्नाले ट्युमर नेक्रोसिस फ्याक्टर हो जुन क्यान्सरको कारण बन्न पुग्छ ।

 यसरी शरीरमा क्यान्सर जन्माउने तत्वसँग लड्न केराको सेवन उपयोगी हुन्छ । केरा पाक्दै गर्दा त्यसमा एन्टी अक्सिडेन्ट तत्वको स्तर पनि बढ्दै जान्छ । यसका साथसाथै यसका साथसाथै यसले तपाईँको रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ अनि श्वेत रक्तकणिका ९ह्वाइट ब्लड सेल० निर्माण पनि गराउँछ ।

 पाकेको केरामा प्राकृतिक गुलियो हुन्छ जसले शरीरको ब्लड सुगर लेभललाई छिटो बढाउँछ । केरा पाक्दै गएपछि त्यसमा भएका पोषक तत्व पनि बढ्दै जान्छन् । यसमा पोटेसियम, भिटामिन बी६, फाइबर र एन्टीअक्सिडेन्ट प्रचूर मात्रामा पाइन्छ । पाकेको केरा खाँदा पाइने ऊर्जाले तपाईँलाई फुर्तिलो बनाउँछ । यो खाएको एकछिनसम्म तपाईँले केही नखाएपनि ऊर्जा घट्दैन । काँचो केरा खाँदा भने खासै ऊर्जा आउँदैन । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us