Tuesday, 2 August 2016

बाँदरले मकै खाइदिएपछि राहत माग

प्यूठान । प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् ।

ओखरकोट ५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका छन् । उनले अवस्थाको निरिक्षण गरी राहत दिन माग गरेका छन् ।

पोखरेलले बाँदरको आक्रमले मकै पूर्ण रुपमा नष्ट गरेको र घर भित्र रहेको अनाज समेत नष्ट गरेको निवेदनमा उल्लेख गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us