Tuesday, 9 August 2016

होस्टलको विषाक्त खानाले ३ दर्जन विद्यार्थी विरामी

झापा । कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्स, विर्तामोडमा अध्ययनरत ३ दर्जन बढी विद्यार्थीहरु विषाक्त खानेकुरा सेवनका कारण विरामी भएका छन् । स्टाफ नर्स अध्ययनरत विद्यार्थीहरु विरामी भएका हुन् ।

उनीहरुलाई बान्ता र झाडा पखाला लागेपछि अस्पताल भर्ना गरिएको छ । विरामीहरुको स्थानीय विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार इन्स्टिच्युटको छात्रावासमा सोमबार बेलुका राम्रै खाना खुवाइएको थियो । उनले भने, ‘हिजो बेलुकीको खानामा समस्या थिएन, तर कहिले काहीँ विद्यार्थीहरुले लुकेर चटपटे र मःमः पनि खान्छन् ।’

उपचारमा संलग्न चिकित्सक डा अनिल कुमारले ‘फुड पोइजन’ भएको बताए । छात्रावासमा ८० जना विद्यार्थी छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us