Friday, 5 August 2016

भारतको असाममा अन्धाधुन्द गोली चल्यो, १२ को मृत्यु, तीस जना घाइते

काठमाडौं । भारतको आसाममा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीको जवाफी कारबाहीमा हमलाकारी पनि मारिएका छन् ।

असमको कोक्राझार भन्ने स्थानमा कालो कपडा लगाएको एक व्यक्तिले ग्रिनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलाएका थिए ।

आक्रमणबाट अन्य तीस जना घाइते भएको बताइएको छ । हमलाकारी को हुन् र किन आक्रमण गरे भन्ने नखुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us