Sunday, 7 August 2016

खेलिरहेका केटाकेटीले बसमा आगो लगाए, तीन वटा बस पूरै जले

पर्वत । पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ ।
आइतबार साँझ  ग १ ख ४९३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पू
र्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा सामान्य क्षेती भएको प्रहरीको भनाइ छ ।
बसपार्कमा खेली रहेका बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us