Tuesday, 30 August 2016

सरकारले लगाउने डीपीटी खोपको विश्वसनीयतामाथी शंका, खोप लगाएका तीनमा देखियो भ्यागुते !

काठमाडौं । ‘डीपीटी’ को पूरै मात्रा खोप लगाएका तीन बालबालिका भ्यागुते रोग ९डिप्थेरिया० लागेर त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मुलुकमा दिइने खोपको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत भ्यागुते रोग, लहरे खोकी र धनुष्टंकारविरुद्घको डीपीटी खोप जन्मेको ६, १० र १४ साता गरी तीनपटक दिइन्छ । धनुषा तिलही गाविसका ५ वर्षीय मनीष यादव र सुर्खेत मोहिनताराकी ११ वर्षीया सपना ओली तथा ६ वर्षीय भाइ सन्देश ओलीको अस्पतालमा उपचार भइरहेको छ । ओलीकी आमाले यस्तै रोगले गाउँमा अघिल्लो साता एक बच्चाको मृत्यु भइसकेको चिकित्सकहरूलाई बताएकी छन् ।

भ्यागुते रोगले मुटुमा असर गरेपछि सपना हाल आईसीयूमा छिन् । यो रोगले दोस्रो सातातिर बिरामीको मुटुमा असर गर्छ भने तेस्रो साता स्नायुसम्बन्धी समस्या उत्पन्न हुन्छ । यादवको प्रयोगशाला परीक्षणले भ्यागुते रोग प्रमाणित भइसकेको छ भने ‘क्लिनिकली ९लक्षणका आधारमा० भ्यागुते रोग नै रहेको दिदीभाइको प्रयोगशाला प्रतिवेदन बुधबार प्राप्त हुने डा। सिर्जना बस्नेतले जानकारी दिइन् ।

 भ्यागुते रोगका कीटाणुले उत्पन्न गर्ने विषको प्रभाव कम गर्न दिइने ‘एन्टिडिप्थेरिक सिरम’ समेत मुलुकमा नरहेको औंल्याउँदै डा। बस्नेतले तत्काल उपलब्ध गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आग्रह गरेको बताइन् ।  ‘हामीकहाँ भर्ना भएका भ्यागुते रोगका सबै बिरामीले डीपीटी खोप लिएका छन्,’ डा. बस्नेतले भनिन्, ‘यसले मुलुकमा दिइने खोपको गुणस्तरमा शंका उत्पन्न भएको छ ।’

भ्यागुते रोग प्रकरणले मुलुकमा दिने गरिएको डीपीटीको खोपमा गडबडी भएको आशंका बालरोग विशेषज्ञहरूको छ । डा। बस्नेत भन्छिन्, ‘मुलुकमा प्रभावकारी खोप नआइपुगेको हो कि, कोल्ड चेन ९कम तापक्रममा निरन्तर राख्नुपर्ने अवस्था मेन्टेन नगरेको हो भन्नेबारेमा विस्तृत रूपमा अध्ययन गर्नैपर्ने अवस्था आएको छ ।’ मुलुकमा तीनपटक मात्र दिइए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार भ्यागुते रोगको खोप पाँचपटक लगाउनुपर्छ । डा। बस्नेतका अनुसार बालबालिकालाई डीपीटीको खोप ६, १० र १४ साताको उमेरमा मात्र नभई ६ देखि १२ वर्षमा चौथो र १२ वर्षपछि पाँचौं मात्रा खोप लगाउनुपर्नेतर्फ समेत सबैले विचार गर्नुपर्ने अवस्था छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us