काठमाडौं । नेपाली कांग्रेसका सभापति देखि अन्य साना नेताहरुले समेत यार भन्ने शब्द निकै प्रयोग गर्ने गरेका छन् । सभापति शेरबहादुर देउवाको त यार भन्ने बानी नै परिसक्यो कि के हो उनी आफ्ना साथीसंगीहरुसँग मात्र होइन् मिडियामा अन्तर्वार्ता दिदा समेत यार नै भनेर बोल्ने गर्छन् ।
त्यस्तै हर्कत दोहोराएका छन् अर्का नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले पनि सभापति देउवाले जस्तै अधिकांश शब्द यार नै भनेर बोले । टेलिभिजन प्रस्तुतकर्ताले सर भनेर सम्बोधन गरिरहदा उनी भने यार, यार भनेर आफ्नो जवाफ दिदै थिए ।
यी दुई घटना त उदाहरण मात्र हुन । कांग्रेस भित्र बौद्धिक र निकै सम्भावना बोकेका अधिकांश नेताहरुले सार्वजनीक सभा समारोहमै खुलेआम यार शब्द प्रयोग गरेर मात्रै बोल्ने गरेका छन् । यसलाई कतिपयले भने नेपाली कांग्रेसका नेताहरु भारतपरस्त भएको भनि गतिलो उदाहरणका रुपमा समेत लिने गरेका छन् ।