Thursday, 11 August 2016

बीर, टिचिङ्ग र कान्ति अस्पतलाको चमेना गृह आफै अस्वस्थ्य र फोहरको डंगुरमा

काठमाडौं । अस्पताल र स्वास्थ्य आफैमा परिचय गाँस्ने शब्द हुन नै । स्वास्थ्यसंग अस्पतालको सम्बन्ध झनै सुमधुर हुन्छ यस्मा दुई मत हुन्न पनि । तर अस्पतालको अवस्था नै फोहर र दुर्गन्धित बन्दा विरामी र विरामी कुरुवाको हालत के होला रु मुलुकको जेठो अस्पताल वीर अस्पतालको चमेना गृहले जन्माएको प्रश्न हो यो ।

सरकारी वीर अस्पतालको चमेना गृह । जहाँ दैनिक सयौ विरामी र विरामी कुरुवाहरुले खाना तथा खाजा खाने गर्छन् । जसबाट चमेना गृह सञ्चालकले दैनिक हजारौ कमाउने गने गछन् । तर, उक्त सरकारी अस्पतालका चमेना गृहमा निकै फोहोर रहेको देखिन्छ । अस्पतालका क्यान्टिनमा सरसफाइको कमी, नछोपी राखेको खानेकुरा कामदारले लगाउने एप्रोनमा पनि कैफियत फेला परेको छ । त्यस्तै कान्ती बाल अस्पतालको गुहेश्वरी क्यानटिङको हालत पनि उस्तै छ । 

दुई ओटा क्यान्टिन मध्ये एउटामा कामदारहरुलाई टोपी, मास्क, पन्जा र एप्रोन लगाउन निर्देशन दिएको छ भने निजिकै रहेको कफी सप एण्ड क्याफेलाई भान्सामा सरसफाई गर्न निर्देशन दिएको छ । अस्पताल जस्तो सवेदनशील क्षेत्रमा भएको लापरवाही कारण मानव स्वास्थ्व माथि गरेको खेलवाड गर्नेहरुलाई कडाई गनुपर्ने उपभोक्ताकर्मीको भनाई छ ।

आफै स्वास्थ्य र सरसफाइको लागि सचेतना अपनाउन  सुझाव दिने अस्पतालहरुको यो चाला हेर्दा नेपालका अस्पतालहरु कति संवेदनशील छन् भन्ने आफैमा प्रष्ट हुन्छ । अरुलाई सुझाव र सल्लाह दिनेहरुले पहिले आफु सच्चिन आवश्यक छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us