Wednesday, 17 August 2016

पीडित कामदारलाई साउदी प्रहरीद्वारा ‘यातना’, नेपाल सरकार अझै बेखबर

सदाझैं मंगलबार बिहान पनि साउदी प्रहरी भ्यान लिएर क्याम्पमा आइपुगे । कामदारको परिचयपत्र ९अकामा० खोज्न थाले । ‘अना माफी’ क्याम्पमा बसेका कामदारले पनि सधैं उही जवाफ दिए– हामीसँग छैन । ‘रो रो नेपालिया’ प्रहरीले गाडीतिर देखाउँदै भन्न थाले । १० जनालाई गन्दै गाडीभित्र हाल्यो । क्याम्पभित्र ५० कामदार थिए । प्रहरीले सबैलाई एकैचोटि गाडी बोलाएर पनि लैजान सक्थे । तैपनि मंगलबार १० जनालाई मात्रै लगे ।

साउदी अरबको हायलस्थित अजेजिया क्याम्पमा रहेका यी नेपाली सनत इन्टरनेसनल कम्पनीमा काम गर्छन् । कम्पनीले उनीहरूलाई न काम दिन सकेको छ, न साउदीमा बस्न मिल्ने परिचयपत्र नै । न त नेपाल फिर्ता गराउन सकेको छ । कम्पनीले दिएको सास्ती र तनाव त उनीहरूले भोगिरहेकै थिए, अहिले त्यसमा प्रहरी पनि थपिएको छ । मंगलबार प्रहरीले क्याम्पबाट उठाएर लगेका नेपालीलाई दिनभरजसो घाममा त्यत्तिकै राखियो । एक घण्टापछि भित्र बोलाएर एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो । त्यसपछि ल क्याम्पमा जाऊ भन्दै छाडिदियो ।

‘यो घाममा पुलिस स्टेसनबाट हिँडेर क्याम्पसम्म आइपुग्न दुई घण्टा लाग्छ । गाडी चढ्ने पैसा हामीसँग छैन । टन्टलापुर घाममा तालु सेकाउँदै हिँड्नुपर्छ । बाटोमा पानी किन्न सकिँदैन । मुख प्याकप्याक हुन्छ । मुटुको धडकन बढ्छ । ज्यानबाट पसिना बगेर शरीर नै सुख्खा हुन्छ,’ २९ वर्षीय लक्ष्मणलाल तामाङले भने, ‘यो त हामीलाई यातना नै भयो ।’

उनीहरू प्रहरीले अनावश्यक दुस्ख दिएको बताउँछन् । प्रहरीले आफ्ना हाकिमलाई काम देखाउन आफूहरूलाई दुस्ख दिइरहेजस्तो उनीहरूलाई लागेको छ । ‘नत्र हामीलाई किन हरेक दिन आएर समात्छ, लैजान्छ र घाममा सेकाउँछ रु’ तामाङ प्रश्न गर्छन्, ‘हामी किन पीडित छौं रु कसरी पीडित छौं रु पुलिसलाई राम्रोसँग थाहा छ । गर्नुपर्नेलाई केही गर्दैन । उल्टै पीडितलाई थप पीडित बनाइरहेको छ ।’

काठमाडौंस्थित ‘जेबीआर म्यानपावर कम्पनी’बाट मार्चको अन्तिम र अप्रिलको पहिलो साता १ सय नेपाली कामदार साउदी पुगेका थिए । त्यसमध्ये ५० जना हायलमा छन् । बाँकी कता पुगे उनीहरूलाई थाहा छैन । ‘नयाँ प्रोजेक्ट हो, तलब १५ सय रियाल पाइन्छ भनेर तेल कम्पनीमा लेबरको काम गर्ने सम्झौता गरेका थियौं,’ तामाङले भने, ‘साउदी पुगेपछि राम्को कम्पनीमा पठायो । त्यस कम्पनीमा साढे दुई महिना काममा लगायो । कम्पनीले अकामा बनाइदिन नसकेपछि कार्यस्थलबाट सबैलाई निकालिदिएपछि क्याम्पमा थन्किएका छौं ।’

कम्पनीले राखेको क्याम्प भन्नुको मात्र छ । ‘दिउँसो शीतलका लागि रूख खोज्दै हिँड्नुपर्छ । राति छतमा गएर बस्नुपर्छ,’ उनले भने, ‘अहिले केही संघसंस्थाले खानेकुरा दिएका छन् । त्यसैले प्राण धानिएको छ ।’ उनीहरू सबै जतिसक्दो छिटो स्वदेश फिर्न चाहन्छन् । १ लाख ३० हजार रुपैयाँसम्म तिरेर गएका उनीहरूको हातमा विदेशमा कमाएको एक रियाल पनि परेको छैन । स्वदेश फर्कन्छु भन्दा कम्पनी उल्टो तीन हजार रियाल तिर्नुपर्छ भनिरहेको छ । उनीहरूलाई पठाउने जेबीआर म्यानपावर कम्पनीका निर्देशक दीपक घिमिरेले पनि उद्धार गर्नुभन्दा त्यहीं बस्न दबाब दिइरहेका छन् ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us