काठमाडौं । भारतको मुम्बई गोवा राजमार्गको एक पुल भाँचिएको छ । रायगढ जिल्लाका कलेक्टर शीतल हगले स्थानीय सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सावित्री नदीको पुल भत्कदा दुई बस तथा अन्य केही सवारी साधन बगाएको बीबीसीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बसमा २२ यात्रु थिए । अन्य सवारी साधनमा कति यात्रु सवार थिए भन्ने बारे पूर्ण जानकारी नआएको प्रहरी जनाएको छ ।
पानी परिरहेको र खोलामा पानीको बहाब धेरै भएका कारण उद्धारमा समस्या आएको जनाइएको छ ।