काठमाडौं । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुवस दुर्घटना ग्रस्त भएको छ । ४२ जना यात्रु लिएर कात्तिके देउराली जाँदै गरेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ । ठूलो सङ्ख्यामा हताहाती भएको आशंका पनि गरिएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै । विस्तृत विवरण आउँन बाँकी छ ।