Monday, 1 August 2016

जापानमा सँगैबस्ने साथीको घाटी रेटी हत्या

जापान । शनिबार जापान प्रहरीले आफनै कोठामासंगै वस्ने साथीको हत्याको आरोपमा एक भियतनामीलाई पक्राउ गरेको छ । नागोयामा बस्ने गुयन भेन डुसलाई आफ्नो कोठामासंगै बस्ने विधार्थी साथीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

२१ बर्षीय गुयनले साथी डोङ भेन चीइनलाई चक्कुले घाटी रेटी हत्या गरेको जापानी प्रहरीले बताएका छन् ।  गुयनले चक्कु प्रहर गरे पछि उनी भाग्न सफल भएका थिए । घाटीमा रगत बगाउदै भागेका भेनलाई देखेपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेका हुन् ।
उनीलाई तत्काल अस्पताल लगेपनि धेरै रगत धेरै बगेका कारणले मृत्यु भएको थियो । हालका दिनमा जापानमा यस्ता घटनाहरु धेरै  वढन थालेका छन् । केही दिन अधि मात्र चक्कु प्रहर गरि १९ जनाको हत्याले जापान शोकमग्न भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us