Wednesday, 17 August 2016

अनौठो बच्चा जसले भोक लाग्दा आफ्नै अंग खान्छ

भनिन्छ पेटको भोक शान्त पार्नका लागि मानिस जे पनि गर्न तयार हुन्छ । तर के तपाइँले कहिल्यै कुनै मानिसले भोक शान्त पार्नका लागि आफ्नै जिउका अंग खाने गरेको सुन्नुभएको छ रु सायद छैन होला । यो दुनियामा एकजना यस्तो बच्चा छ जसले भोक लागेपछि आफ्नै जिउ खान सुरु गर्दछ ।

बेलायतको स्टेफोर्डशायरमा बस्ने ३ वर्षीय गिजर बक्सटनलाई उनका बाबुआमाले २४ सै घण्टा पहरा दिनुपर्छ । ता की उनले आफ्नै अंगहरु नखाउन् ।

यस्तो रोगलाई प्रेडर विली सिन्ड्रोम भनिन्छ । यस्ता मानिसहरुलाई हर समय भोक लाग्छ र भोक लागेपछि आफ्नै अंग खान थाल्दछन् । यो एउटा जेनेटिक रोग भएकाले पूर्ण उपचार सम्भव छैन । र, भोककै कारण यो रोगले मृत्युको मुखसम्म पूराउने जोखिम पनि हुन्छ आफ्नै जिउ खाँदा खाँदै ।

छोराले भोक लागेर आफ्नै जिउ नखाओस् भन्नका लागि गिजर बक्सटनका आमा मिसेल र बुवा क्रेजले उनलाई सदैव व्यस्त राख्ने कोसिस गर्दछन् । जतिबेला पनि खानेकुरामा ध्यान नजाओस् भनेर खानाबाट पनि टाढै राख्छन् । किचनको दराजमा ताला लगाउँछन् । हरेक हप्ता शपिंग गर्न लैजान्छन् । सबै गर्दा एक हप्तामा उनीहरुले छोराका लागि ३० हजार रुपैयाँ भन्दा बढि खर्चर् गर्दछन् ।

गिजर जन्मेको ३ हप्तामै भावशून्य देखेपछि डाक्टरहरुले उनमा यस्तो रोग भएका पत्ता लगाएका थिए ।

कहिलेकाहीँ उनी भोक लाग्यो भनेर खानका लागि धेरै बेरसम्म रुन्छन् । तर जतिबेला पनि खानेकुरा दियो भने स्वास्थ्य बिग्रिन्छ भनेर गिजरका बाबुआमाले उनको ध्यान अन्यत्रै मोड्ने कोसिस गर्दछन् ।

बेलायतमा यस्तो रोग भएका झण्डै १५ हजार बालबालिका रहेको तथ्यांक छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us