Tuesday, 16 August 2016

यमनको एक अस्पतालमा हवाई आक्रमण स् ११ जनाको ज्यान गयो, १९ जना घाइते


काठमाडौँ ।  यमनमा एक परोपकारी संस्थाले सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण भएको छ। 

परोपकारी संस्था मेडिसिन सान्स फ्रोन्टियर्स एमएसएफले यमनको उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ। 

हज्जाह प्रान्तमा रहेको अस्तालमा भएको आक्रमणमा अन्य १९ जना घाइते भएको एमएसएफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्ध सेनाले हवाई आक्रमण गरेको अनुमान छ। गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ।

गठबन्धनले यस विषयमा अहिलेसम्म केही बताएको छैन। त्यसक्षेत्रमा गएको केही दिनदेखि हवाई आक्रमण भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। फेरि आक्रमण हुन सक्ने डरका कारण उद्धार तथा राहतको काम पनि प्रभावित भएको छ। आक्रमणमा ज्यान जानेमा एमएसएफका कर्मचारी तथा अस्पतालमा उपचाररत बिरामी छन्।

यमनमा सन् २०१५ देखि सुरु भएको संघर्षका कारण अहिलेसम्म ६ हजार चार सय भन्दा धेरै मानिसको ज्यान गएको छ। त्यसमा आधा भन्दा धेरै सर्वसाधारण मानिस छन्। यस्तै २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us