Sunday, 28 August 2016

गरिबका दुःखः न शव वाहन, न मलामी

काठमाडौं । केही दिन अगाडि भारतीय पत्रिकामा उडिसाका एक गरिब आदिवासी दाना माझीको एक यस्तो तस्वीर छापिएको छ , जसले मन मस्तिष्कमा प्रहार गर्छ ।

दाना माझी आफ्नो काँधमा श्रीमतीको लाश लिएर लगभग १२ किलोमिटर पैदल हिडे । माझीकी पत्नी टिबी रोगको शिकार बनेकी थिइन् । माझीसँग मृत श्रीमतीको शव घर लैजानको लागि आवश्यक रकम थिएन ।

माझिले मृत श्रीमतीको शव घर लैजान अस्पतालसँग सहयोग मागिएको भएपनि अस्पतालले इन्कार गरेको बताए । उनीसँग कुनै विकल्प थिएन जसका कारण उनले लामो यात्रा काधँमा श्रीमतीको शव लिएर पुरा गरे ।

mबल)अबचचष्भक)धषभक)दयमथद्दभारतीय सञ्चारमाध्यहरुमा दाना माझीले एक कपडामा बेरीएको शव आफ्नो काँधमा बोकेर हिडेको दृश्य देखाइएको थियो । जुन पीडादायक थियो ।

भारतमा कम्तिमा एक तिहाई जनसंख्या गरिबीको रेखा भन्दा तल्लो जीवन गुजारा गरिरहेका छन् । यसमा अधिकांश दलित तथा आदिवासीको जनसंख्या छ । जसकोे जनसंख्याले पुरा जनसंख्याको एक चौथाई हिस्सा ओगटेको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us