Saturday, 27 August 2016

नेताहरु विदेशमा उपचारका लागि पालो कुर्दै, हुम्ला स्वास्थ्य चौकीमा औषधि नहुँदा दुई दूधेबालिकाको मृत्यु

हुम्ला । जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोडिकोट ८ का राजबहादुर कार्कीको आठ महिने छोरी सुशीला र सोही ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन्। ती दुवैको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो।

स्वास्थ्य चौकीमा औषधि नभएकाले यो दुखद घटना भएको हो। स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन,स्थानीय अदानसिंह कार्कीले भने, वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिने गरेको छ।
स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गएको बताउँदै अहेब जोर फडेराले सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको जानकारी गराए।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको दाबी गरेका छन्। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us