Sunday, 28 August 2016

निर्मात्रीको छोरासँग निश्चलकी श्रीमती

हलहरूमा दीपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट टु’ ले सफलता बटुलिरहेको छ । अघिल्ला केही चलचित्रबाट असफलताको स्वाद चाखे पनि ‘चपली हाइट’ र ‘पशुपतिप्रसाद’बाट राम्रो निर्देशकमा दरिएका खनालले यो साता नयाँ चलचित्रको घोषणा गरे ‘लभ लभ लभ’ ।


सलमान खानको पुरानो चलचित्रसँग मिल्दो शीर्षक, निर्देशक निश्चल बस्नेतकी श्रीमती तथा नायिका स्वस्तिमा खड्कालाई मुख्य भूमिका दिएर मात्र होइन, चलचित्रकी निर्मात्री शर्मिला पाण्डेका छोरा सुरज पाण्डेलाई नायकका रूपमा ‘डेब्यु’ गराउन लागेकाले खनालको यो चलचित्रले घोषणासँगै चर्चा पनि पाइरहेको छ । विशेषगरी निर्मात्रीको छोरालाई नायक बनाउन कतै निर्देशकले ‘कम्प्रोमाइज’ पो गरे कि रु



चलचित्र घोषणा पार्टीमै गाइँगुइँ चल्यो । खगेन्द्र लामिछानेलाई नायकका रूपमा स्थापित गराउने श्रेय पाएका खनालले निर्मात्रीका छोरालाई पनि स्थापित नायक बनाएरै छाड्छन् भन्नेहरू प्रशस्तै भए पनि हामी चाहिँ अहिले नै केही बोल्दैनौं ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us