Tuesday, 16 August 2016

जोखिममै उड्छन् नेपाल बायुसेवा निगमका जहाज

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज विभिन्न समस्याका बाबजुद जोखिम मोलेरै भए पनि उडिरहेको छ ।

काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको चाप बढेपछि जहाज अभावका कारण नियमित उडानमा रहेका विमान आकाशमा उडेका बेला गडबडी देखिए पनि जोखिम मोलेरै उडाउन निगम बाध्य भएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

सोमबार बिहान ८ बजे काठमाडौंबाट दिल्लीका लागि उडेको निगमको एयरबस ९ एन एकेएक्स कलसाइनको विमान आकाशमा उडिरहेका बेला एक्कासी कार्गो सामान राख्ने कम्पार्टमेन्टमा धूवाँ आएको ककपिटमा रहेका चालकले देखेपछि इटालियन चालक ओलिभर ए मेजोलिनी र सहचालक सञ्जय पौडेलले तत्काल विमानभित्रकै अग्नि नियन्त्रण उपकरणको सहायताले आगो निभाए ।

काठमाडौंबाट प्राधिवधिक समस्याका बाबजुद पनि दिल्ली पुगेको सोही विमान लाई निमगले विहान १० बजे दिल्लीबाट तत्काल काठमाडौंका लागि उडान भरेको थियो 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us